वीरेन्द्रनगरमा सोह्रश्राद्ध गरे पुरोहितलाई क्वारेन्टाईनमा राखिने

देशभर कोरोनाभाइरसको महामारी भइरहेको बेला सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सोह्रश्राद्ध अर्थात् पितृपूजन कार्य नगर्न नगरबासीलाई आग्रह गरेको छ । सोह्रश्राद्ध अर्थात् पितृपूजन यस वर्ष आजबाट शुरु भएकाे छ ।

कोरोना सङ्क्रमणको महामारी रोक्न नगरपालिकाले यथासक्य पुरोहितलाइ घरघरमा नबोलाइ आफ्ना पृतिहरूलाइ श्रद्धासुमन अर्पण गर्न नगरबासीलाइ अनुरोध गरेको छ ।

नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले एक प्रेश विज्ञप्ती जारी गर्दै विभिन्न स्थानमा पुरोहितमा समेत कोरोना संक्रमण भेटिएको र सोह्र श्राद्धमा एक जना पुरोहित एक दिनमैं धेरै ठाउँ जाने प्रचलन रहेकोले पुरोहितलाइ घरघरमा नबोलाइ आफ्ना पृतिहरूलाइ श्रद्धासुमन अर्पण गर्न आग्रह गरेको हो ।

प्रत्येक वर्ष आश्विन कृष्ण पितृ पक्षमा गरिने नगरपालिकाले सूचना जारी गर्दै सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नर्ग र कसैले मानिसहरुको जमघट गरी पूजाआजा र पितृकार्य गरेको पाईएमा पुरोहितलाई क्वारेन्टाईनमा राखिने र त्यस्तो कार्यको लागि जमघट गरेको घरपरिवार शील गरिने नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा राखिने उनिहरूको ७ दिनपछि कोरोना परीक्षण गरेर मात्र समुदायमा घुलमिल हुन दिईने र परीक्षण वापतको खर्च स्वयंले व्यहोर्नुपर्ने बताइएको छ ।

यता ब्रामणहरुले भने नगरपालिकाको आग्रह अनावश्यक भनेका छन् । स्थानीयलाई उच्च सर्तकता अपनाउन आग्रह गर्नु उचित भएपनि श्राद्ध गराउने पुुरोहितलाई तोकिएको सजाय ब्रामणप्रतिको हेपाह प्रवृति भनेका छन् । वीरेन्द्रनगर खजुर घर भएका एक पुुरोहितले सामाजिक सञ्जालमा नगरपालिकालाई मेन्सन गर्दै ‘बजाररका , बैक , सरकारी कार्यालयको भिड नदेको नगरपालिकाले वैकल्पिक विधि हुदाहुदै आस्था र संस्कारमा प्रतिबन्द लगाउन र ब्रामण प्रति हेपाह प्रवृति भएको’ बताएका छन् । ‘सामाजिक दुरी र स्वास्थ्य मापदण्ड’ अपनाएर काम गर्न सकिने भन्दै नगरपालिकाले सवै जोखिम क्षेत्रमा काम गर्नुपर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close