आज पश्चिममा भन्दा पूर्वमा ठूलो बर्षा, यी स्थानमा बाढी, पहिरो र डुबानको खतरा

पालमा मनसुन सक्रिय रहेका कारण देशका धेरैजसो ठाउँमा बर्षा भइरहेको छ ।

लगातारको भारी बर्षाका कारण देशका धेरै ठाउँमा जनधनको ठूलो क्षति गराइरहेको छ भने नागरिकको जनजीवन कष्टप्रद बन्न पुगेको छ । मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । साथै, नेपालको पूर्वी तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा अवस्थित छ ।

बिहीबार मौसम पूर्वानुमान महाशाखा, मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानमा अनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ ।

यस्तै आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

यस्तै राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश–१ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामान्यतया मनसुनमा देशभरी नै फैलिएर पानी पर्नुपर्ने भए पनि अस्तीदेखि कुनै निश्चित ठाउँमा ठूलो पानी पर्ने र नजिकै अर्को ठाउँमा भने पानी नपर्ने गरेको पाइएको मौसमविद मिनकुमार अर्यालले जानकारी दिएका छन् । पानी पर्ने तरिका फेरिंदा बाढी, पहिरोको जोखिम झनै बढेको उनी बताउँछन् ।

नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा पूर्वमा नजिकै रहेको र पश्चिममा अलि पर सर्ने क्रममा रहेकाले आज पश्चिमको तुलनामा पूर्वमा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर बेलुकीदेखि हिजोअस्तीको भन्दा कम पानी पर्ने सम्भावना रहेको मौसमविद अर्यालले बताए ।

पानी परेसँगै नदीमा बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो खस्ने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढलको पानी निकास नहुँदा शहरी क्षेत्रमा डुबान पनि हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close