जन्माष्टमीमा राष्ट्रपतिको शुभकामना-‘भावनात्मक एकता अझ सुदृढ बन्न सकोस्’

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना दिएकी छन्।

पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै भण्डारीले विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज नेपाली सभ्यता र सम्पन्नताका सूचक भएको बताएकी छन्। उनले यस्ता ऐतिहासिक, सांस्कृतिक परम्पराले समाजलाई एकताका सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close