रविको नागरिकता विवाद छानबिन गर्न सिडियो कार्यालयले प्रहरीलाई गर्‍यो पत्राचार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्र पठाएको छ।

काठमाडौं प्रशासनले जिल्ला प्रहरी परिसरलाई छानबिनका लागि पत्राचार गरेको हो। परिसरका प्रहरी उपरीक्षक दिनेश मैनालीले नागरिकताबारे छानबिनका लागि प्रशासन कार्यालयबाट पत्र प्राप्त गरेको जानकारी दिए।

पत्रमा भएका थप व्यहोराबारे भने उनले केही खुलाएनन्। प्रशासनको पत्र प्राप्त भएसँगै अब नागरिकताबारे छानबिन प्रक्रिया सुरु गरिने मैनालीले बताए। समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले गृह मन्त्रालयमा लामिछानेको नागरिकतामाथि छानबिनका लागि उजुरी दिएका थिए।

मन्त्रालयको आदेशमा प्रमुख जिल्ला अधिकारीले मातहतका निकायमा पत्राचार गरेको हो । लामिछानेले अमेरिकी नागिरक भएपछि स्वत: खारेज हुने नेपाली नागिरकता नै अहिले प्रयोग गरिरहेको भन्दै कारबाहीको माग गरि उजुरी परेको थियो ।

समाजवादी केन्द्रले लामिछानेले पार्टी दर्ता गर्न, उम्मेदवारी दिन प्रयोग गरेको नागरिकताको बैधताबारे पनि प्रश्न उठाएको छ। लामिछाने हालै सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close