प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्यायालयलाई पूर्णता दिन सरकारसँग माग गर्नुभएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाएर न्यायालयलाई पूर्णता दिन माग गर्नु भएको हो ।
सर्वोच्च अदालत कामुको नेतृत्व रहेको वर्ष दिन भइसकेको भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल न्यायालयलाई पूर्णता दिन माग गर्नु भएको हो ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएपछि सर्वोच्च अदालत कामुको नेतृत्वमा चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close