प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार कतार जादेै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार कतार जाने भएका छन् । उनी अतिकम विकसित मुलुकहरू ९एलडीसी० को पाँचौं सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने भएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड २२ गतेसम्म सम्मेलनमा रहने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । उक्त सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि जादैछन् ।
परराष्ट्रमन्त्री पौड्याल आइतबार मानव अधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा जाँदैछन् । उनी जेनभाबाटै एलडीसीको सम्मेलनमा भाग लिन कतार जाने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री बनेपछि प्रचण्डको कतार पहिलो विदेश भ्रमण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close