सरकार पूर्णत असफल : पूर्वमन्त्री साउद

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले सरकार पूर्णत असफल भएको बताएका छन्।

कार्यकर्ता भेटघाटका लागि देशदौडाहा रहेका नेता साउदले नवलपुरमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार भेटघाटमा जनताको आधारभूत सेवाबाट च्युत भएको केपी ओली नेतृत्वको सरकार पूर्णत असफल भएको बताएका हुन्।

‘निर्वाचनमा गरेका प्रतिबद्धता र जनताको आधारभूत सेवाबाट च्युत भइसकेको सरकार पूर्णत असफल छ,’ उनले भने, ‘आगामी निर्वाचनसम्म हामीले आफूलाईअधिनायकवादी चरित्र भएका कम्युनिस्टको विकल्पका रुपमा प्रस्तुत गर्न सकेनौ भने पुरातन, साम्रदायिक र अलगाववादी शक्तिहरुले खेल्न पाउनेछन्।’

कम्युनिस्टको सत्ता झगडाले देशमा नेपाली कांग्रेसको जिम्मेवारी असाध्यै बढेको उनको भनाई छ। ‘नेकपा विवाद सत्ताका कारणले हो। नेकपा सत्तामा रहिरञ्जेलसम्म झगडा चलिरहन्छ। तर विघटनको सम्भावना छ,’ उनले भने, ‘यो झगडाले महामारीकालमा जनता अलपत्र परे।’

‘महाधिवेशन फागुनमा हुँदैन’

नेता साउदले कांग्रेसको महाधिवेशन फागुनमा सम्भव नभएको बताए। ‘पार्टीको आगामी १४ औ महाधिवेशन फागुनमा हुन सक्दैन। भदौभन्दा ढाटा जाँदैन। पार्टीका साथीहरु आशंका र अन्यौल सिर्जना गर्नु अनावश्यक छ,’ उनले भने।

पार्टीमा एकता, मेलमिलाप र सहमति बाहेक अर्को विकल्प नभएको नेता साउदको भनाई छ। ‘आउँदो महाधिवेशनमा एकले अर्कालाई जित्ने खेल भन्दा पनि अहिले कम्युनिस्टको विकल्पका रुपमा अगाडि बढ्नुपर्छ,’ उनले भने।

सभापति शेरबहादुर देउवा निकट साउदले पार्टीभित्र ढिलासुस्ती र कमीकमजोरी संरचना पूरा गर्ने सन्दर्भमा भए पनि अन्य काम विधानसम्वत नै भएको दावी गरे।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close