
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी बैठक बोलाइएको हो।
गत मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढीकरणबारे छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो। राष्ट्रिय राजनीतिमा आएको पछिल्लो फेरबदलबारे पनि बैठकमा छलफल हुनेछ।