नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रपतिबारे छलफलका लागि ओली बालुवाटार पुग्नुभएको हो ।
शनिबार राष्ट्रपति निर्वाचनका लागि उमेदवारी मनोनय हुँदै छ । आज बिहानमात्रै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितका चार दलसँग छलफल गरेका थिए ।
बैठकमा पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको नेताहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close