कोरोना महामारीका बीच देवघाटमा भक्तजनले दिपदान र सतविज छरे

प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबिज छरी मनाइने बालाचतुर्दशी पर्व पवित्र तीर्थस्थल देवघाटमा मनाइएको छ ।
पवित्र तीर्थस्थल देवघाटमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न कोरोना महामारी त्रासका बीच सयौं तीर्थालु सहभागि भएका छन् । दीपदान गर्न र सतविज छर्न श्रद्धालु भक्तजनहरुको शनिवार रातिदेखि नै देवघाटमा भीड लागेको थियो ।

बालाचर्तुदर्शी पर्वका दिन देवघाटधामको त्रिशुली र कालीगण्डकीको संगम वेणिमा सदविज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको ज्योतिष पं. सविन शिवाकोटीले बताउनु भयो । यसरी शतवीज छर्नका लागी चर्तुदशी भन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती जाग्राम वसेर दिप प्रज्वलन गर्दै अनि भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलीपल्ट विहानै स्नान गरेर चोखोनितो बनेर मात्र शतवीज छर्नुपर्ने उहाँले बताउनु भयो । यसरी पृथ्वीलोकमा छरिएको शतवीज चाँही पितृहरुको लोकमा गएर अकुंरण हुने र यिनै विजका कारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने शास्त्रिय मान्यता रहेको उहाँले बताउनु भयो ।
देवघाटमा पितृको नाममा रातभर बत्ती बालेर जागराम बस्नुका साथै बिहान गंगा स्नान गरेर सदविज छरेपछि पितृको उद्धार हुने र आफुलाई पनि फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://youtu.be/9MbYDK5lDYA

देवघाट क्षेत्र विकास समितिले सतविज छर्न आउने भक्तजनलाई मध्यनजर गर्दै सामाजिक दुरी, सुरक्षा, खानेपानी, वत्ती, प्राथमिक स्वास्थ्य, लगाएतको प्रवन्ध गरेको समितिले जनाएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close