
नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको छ।
शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो।
यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेपछि कांग्रेसले आफ्नो उम्मेदवारको टुंगो लगाएको हो।
राष्ट्रपति निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदै छ। यसका लागि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ।
पौडेलले केही बेरमै नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा उम्मेदवारी दर्ता गर्ने छन्।