गाजाको शिविरमा इजरायली हमलाबाट ९० जनाको मृत्यु

काठमाण्डौं । इजरायलले गाजापट्टीको जबलिया शरणार्थी शिविरमा गरेको हवाइ हमलामा परेर ९० जनाको मृत्यु भएको छ । हमलामा सयभन्दा बढी घाइते भएका छन् ।

जबलिया शहरको अल बार्श र अलवान परिवार रहने गरेको सो शिविरमा गरिएको हमलामा मारिनेमा महिला र बालबालिकाको संख्या अत्यधिक छ ।

घटनामा दर्जनौ बेपत्ता भएको प्यालेष्टेनी समाचार एजेन्सी वाफाले जनाएको छ । हमलापछि भग्नावशेषमा परिणत भएको उक्त शिविरमा केही फसेको आशंका गरिएपनि उद्धार कार्यमा कठिनाइ भएको वाफाले जनाएको छ ।

यता इजरायली सेनाले गाजाको चर्चभित्र रहेका दुई क्रिस्चियन महिलाहरुको पनि हत्या गरेका छन्् । यसैगरी मध्य गाजाको दक्षिण क्षेत्रको रफाहमा गरेको हवाइ आक्रमणमा चार जनाको मृत्यु भएको छ ।

गत अक्टोबर ७ देखि इजरायलले गाजापट्टीमा आक्रमण जारी राख्दा हालसम्म १९ हजार प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close