कर्णालीमा कोरोनाका कारण दशौँ व्यक्तिको मृत्यु

सुर्खेत, १८ असोज । दैलेखको नारायण नगरपालिका वडा नं. ८ निवासी एक ४९ बर्षिय पुरुषको निधनसँगै कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दश पुगेको छ । सामाजिक विकास मन्त्रालयले आइतबार राती ८ बजे प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो ।


निजको पेटमा अत्याधिक दुखाई भएको कारण असोज १७ गते दैलेख अस्पतालमा भर्ना भएका थिए । उनलाई प्रदेश अस्पताल हुँदै नेपालगंज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो । तर, कोहलपुर भर्ना गर्दाको अवस्थामा निजको अवस्था बेहोस रहेको र उपचारकै क्रममा मृत्युभएको विज्ञप्तीमा जनाईएको छ ।
निजको असोज १७ गते दैलेखमा स्वाव संकलन गरिएको थियो । सोही दिन नै निजको पिसिआर पोजेटिभ देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close