लागूऔषधसहित तीन जना पक्रउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्रउ परेका छन्। जिल्लाको विभिन्न स्थानबाट तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कैलालीका दुई र बझाट्टका एक छन्।
बझाङको बुङ्गल नगरपालिका वडा नम्बर २ स्थायी घर भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ गौरीगडा बस्ने ६२ वर्षीय गगने धामीलाई चार किलोग्राम चरेससहित पक्राउ गरिएको हो।
यस्तै जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ बाँसबारी स्थित पुष्पराज पुन मगरको घरमा डेरा गरी बस्ने चुरे गाउँपालिका वडा नम्बर ३ बस्ने २३ वर्षीय निर्मला कुमारी रावतलाई ३ ग्राम १६० मिलिग्राम लागु औषध खैरो हेरोइन पक्राउ गरिएको छ। कैलालीकै गोदावरी नगरपालिका वडा नम्बर १ धनगढी रोड बस्ने २४ वर्षीय राजन हमाललाई एक ग्राम ३४० मिलिग्राम लागु औषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरिएको छ।
प्रदेश प्रहरीका अनुसार उनीहरुलाई प्रदेश प्रहरी कार्यालय धनगढीको आरआईटी समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको खटिएको सादा पोसाकको समूहले पक्राउ गरेको हो। संयुक्त प्रहरी समूहले पक्राउ गरेको उनीहरुलाई आवस्यक कारबाहीका लागि मालाखेती प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close