राष्ट्रिय भुमि आयोग सुर्खेतमा थप दुइ जनाले लिए सपथ

 

कमल कुमार न्यौपाने
चैत १०,सुर्खेत । राष्ट्रिय भुमि आयोग सुर्खेतमा थप दुइ जना सदस्यले आज सपथ ग्रहण गरेका छन् । दिलसरा थापा र फत्ते बहादुर सोतीले सपथ ग्रहण गरेका हुन् । भुमीहीन दलित, भुमिहीन सुकुम्मवासी तथा अव्यवस्थित बसोवासीलाइ जग्गा दिलाउनका लागी सरकारले नेपालका ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेको छ । सुर्खेत जिल्लाले पनि जिल्लाका ९ वटै स्थानिय तहहरुमा हाल कामहरु निरन्तर गरिरहेको छ । अहिले कार्यालय केही स्थानिय तहका वडामा काम अगाडि बढाएको जनाएको छ । अन्य जिल्ला भन्दा सुर्खेत जिल्लालाइ नमुनाको रुपमा देखाउन थालिएको राष्ट्रिय भुमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेले बताउनु भयो । उहाँले आफना कर्मचारीहरु पुर्जा बितरण गर्ने काम लागेपनि स्थानियहरुको साथ र सहयोग निरन्तर चाहिने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close