मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचन स्थगित

मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचन स्थगित भएको छ ।चैत्र ३ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएको हो । मंगलबार विश्वविद्यालय अन्तर्गतको का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।
उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । चैत्र ८ गते दुबै पक्षलाइ ऊच्च अदालत सुर्खेतमा ऊपस्थित हुन आदेश जारि गरेको छ।
‘स्कुल अफ मेनेजमेन्ट’ मा अध्ययनरत ३ जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालका विरुद्ध उच्चद अदालत सुर्खेतमा रिट दायर गरेका थिए । उच्च अदालत सुर्खेतका सुचना अधिकारी सरोजनीधि वाग्लेले चैत ८ गतेसम्मका लागि अल्पकालीन आदेश जारी गरेको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close