कर्णालीको उत्कृष्ट आठ कृर्षि फर्म सम्मानित

सुर्खेत, २४ मंसिर । किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम (केयूबिके) ले कर्णालीका उत्कृष्ठ आठ कृषि फर्मलाई सम्मानित गरेको छ । परियोजना अन्तर्गत उत्कृष्ट काम गर्ने पशुपालन तथा बीउ उत्पादन व्यवसायीलाई मंगलवार वीरेन्द्रनगरमा एक औपचारिक कार्यक्रमका बिच सम्मानित गरेको हो । किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम व्यवस्थापन कार्यालय जानकीनगर रुपन्देहीले प्रदेशका सल्यान र रुकुम पश्चिमका जिल्लामा सक्रिय रुपमा कृर्षि फर्म चलाईरहेका व्यवसायीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा पशुपालन व्यवसाय गरेका युवा जागरण बाख्रा पालन फार्म त्रिवेणी गाउँपालिका ६ सल्यान, डांगी सप्लायर्स बागचौर नगरपालिका २ सल्यान, रविना डेरी उद्योग मुसीकोट नगरपालिका ४ रुकुम पश्चिम, मखमली महिला बाख्रापालन समूह त्रिवेणी गाउँपालिका २ रुकुम पश्चिम रहेका छन् ।
यस्तै बिउ उत्पादनतर्फ जनसेवी कृषि सहकारी संस्था सारदा नगरपालिका १ सल्यान, मोनारिस आलु बीउ उत्पादन कृषक समूह छत्रेश्वरी गाउँपालिका ९ सल्यान, खाद्यान्न बीउ उत्पादन महिला कृषक समूह मुसिकोट नगरपालिका ४ रुकुम पश्चिम र समशितोष्ण उन्नत तरकारी बीउ उत्पादन सहकारी संस्था लिमिटेड चौरजाहारी नगरपालिका १० रुकुम पश्चिम रहेका छन् ।
सम्मानित हुनेहरुलाई परियोजनाका संयोजक कौशल कुमार पौडेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले सम्मान पत्र, खादा सहित नगद ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा परियोजनाले गरेका सात वर्षसम्मका प्रगति प्रतिवेदनहरु समेत प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close