राष्ट्रिय स्वयंसेवा नीति मस्यौदा माथि छलफल

सुर्खेत, २६ फागुन । राष्ट्रिय स्वयंसेवा नीति, २०७७ मस्यौदा माथि छलफल गरिएको छ । युथ एड्भोकसी नेपाल र बागेश्वरी अशल शासन क्लव (बास) सुर्खेत शाखाको आयोजनामा मस्यौदामाथि बहुपक्षिय संवाद गरिएको हो ।

छलफलमा सहभागिहरुले नयाँ बन्ने स्वयंसेवा नीति सबैलाई समेट्नै वैज्ञानिक खालको हुनुपर्नेमा जोड दिएका छन् । त्यसमा रहने पदाधिकारीहरु राजनीतिक रुपमा नभएर निश्चित मापदण्डबाट रहने व्यवस्था गर्नुपर्ने सहभागिहरुको जोड छ ।
कार्यक्रममा नेपाल युवा संस्था सञ्जाल (आयोन)का कार्यक्रम संयोजक गगन खड्काले नीतिले संघियता संगै प्रष्ट तीनतहलाई समेट्नुपर्ने बताए । यस्तै नेपाल पुस्तक तथा स्टेस्नरी व्यवसायी महासंघका उपाध्यक्ष राजकुमार सिजापतीले उक्त क्षेत्रमा बजेट, ठोष कार्यक्षेत्र, नियुक्ती पक्रिया सबै प्रष्ट संग हुनुपर्ने बताए ।

कार्यक्रममा अन्य सहभागिहरुले पनि सबै क्षेत्रलाई समेट्ने निती निर्माण हुनुपर्नेमा जोड दिएका थिए । बागेश्वरी असल शासन क्लव सुर्खेतकी अध्यक्ष चाँदनी कठायतको अध्यक्षतामा भएको छलफलमा राजनीतिक क्षेत्र, विभिन्न संघसंस्था तथा अन्य सम्बन्धीत विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने नागरिकहरुकोे सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close