शिक्षा क्याम्पस सुर्खेतका आंशिक प्राध्यापकद्वारा सिठ्ठी बजाएर विरोध

त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघ इकाई समिति सुर्खेत क्याम्पस (शिक्षा) का प्राध्यापकहरुले विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनीहरुले आइतबार क्याम्पस परिसरमा सिठ्ठी बजाएर विरोध गरेका छन् । आफ्ना मागहरु क्याम्पस प्रशासनले नसुनेकोले सिठ्ठी बजाएर विरोध गर्नुपरेको सचिव छवि आचार्यले जानकारी दिए ।

उनीहरुले असोज १ गते विभिन्न माग राखी कयाम्पस प्रमुखलाई माग पत्र बुझाए पनि क्याम्पस प्रशासनले माग पूरा गर्ने तर्फ कुनै चासो नराखेको एकाई समितिले जनाएको छ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरु आफ्नो पेशागत हक, हित र सुरक्षाका निम्ति पछिल्लो समयमा आन्दोलनरत छन् ।

विश्वविद्यालयमा कार्यरत सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करारमा नियुक्ति गरेकोमा श्रमको उचित मूल्याङ्कन गर्नुपर्ने उनीहरुले बताएका छन् । विश्वविद्यालयका पदाधिकारीहरुले विश्वविद्यालयलाई नै बन्धक बनाएर आफ्ना नितान्त व्यक्तिगत स्वार्थपूर्तिमा लागेको उनीहरुले आरोप लगाएका छन् ।

आंशिक प्राध्यापकहरुको व्यवस्थापन कार्यदलले प्राध्यापकहरुको मर्म विपरित एकतर्फी रुपमा कार्यकारीका नाउमा निर्माण गरिएको ‘त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धि निर्देशिका २०७७’ प्रति आंशिक प्राध्यापक संघ सुर्खेतले विरोध गरिरहेको छ ।

‘त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धि निर्देशिका २०७७’ लागु सम्बन्धि कुनैपनि कार्य नगर्न माग गर्दै उनीहरुले त्यसको लागि लिखित प्रतिवद्धता आउनु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close