‘रामराज्य’ नेपालमा संभव छ ?

वर्ण व्यवस्थामा आधारित आदर्श समाजका नियमहरूको परिपालना गर्नु नै ‘रामराज्य’ हो । हिन्दू धर्मको महाकाव्य ‘रामायण’मा यही आदर्श समाजलाई रामराज्य भनिएको छ । रामायणमा भनिएको रामराज्यका केही दृष्टान्त हेरौँ । त्यहाँ महिलालाई स्वतन्त्रता र समानता थिएन । रावणले हरेकी सीताको चरित्रमाथि शंका गरिन्छ । शूद्रलाई शिक्षा निषेधित थियो । यस्तो रामराज्य, जहाँ एउटा शूद्रले वेद सुनेकोमा अपराधीकरण गरेर अत्यन्त अमानवीय र क्रूरतापूर्वक उसको कानमा सिसा पगालेर हालिन्छ । शूद्र भएर पनि ज्ञान हासिल गर्ने शम्बुक ऋषिको हत्या स्वयं राम गर्छन । यी प्रसंगले केवल शूद्रलाई रामराज्यमा शिक्षा, समानता, स्वतन्त्रता कुनै अधिकार नरहेको प्रस्ट हुन्छ ।
यसै सन्दर्भमा नेपालका कतिपय हिन्दुवादी संघ, संगठनले ‘रामराज्य’ स्थापनाका लागि संघर्षमा उत्रने बताएका छन् । ‘रामराज्य’ स्थापनाका लागि रामराज्य परिषद नेपालले तनहुँको देवघाटधाममा दोस्रो अधिवेशन गरेको छ । यही विषयमा केन्द्रित भएर रामराज्य परिषद्का केन्द्रिय उपाध्यक्ष तिलक प्रसाद उपाध्याय रिजालसँग कुराकानी गरेका छौं ।
भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close