नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले आइतबार बिहान साढे १० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
समसामयिक राजनीतिक विषयलाई केन्द्र मानेर छलफल गर्न बैठक आह्वान गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका हुन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मत, मन्त्रिपरिषद् विस्तार, पार्टीबाट मन्त्रीको छनोटलगायत विषयमाथि छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताइसकेका छन्। प्रधानमन्त्रीले आगामी सोमबार विश्वासको मत लिँदै छन्।
राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले सात दलीय गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन बनाएसँगै एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्। सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close