एमाले सुर्खेतको अधिवेशन यहीँ पुस २३ र २४ गते गरिने

 

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सुर्खेतको जिल्ला अधिवेशन यहीँ पुस २३ र २४ गते गर्न लागिएको छ । एमाले सुर्खेतले पत्रकार सम्मेलन गर्दै सुर्खेत जिल्लाको आठौं जिल्ला अधिवेशन गर्न मिति तय गरिएको जनाइएको हो ।

अधिवेशनका लागि सहभागी हुने प्रतिनिधी पुस १७ गतेभित्र वडाबाट छनोट गरिने प्रचारप्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले जानकारी दिनु भयो । वडाबाट प्रतिनिधी छनोट गर्दा अन्य जाती तथा जनजाती क्षेत्रबाट ३० जना पार्टीका क्रियाशिल सदस्य बराबर १ जना प्रतिनिधी र दलित क्षेत्रबाट २० जना बराबर १ जना प्रतिनिधी छनोट हुने भएका छन् ।

सुर्खेत जिल्लामा ९९ वडा छन् । जसमा एमालेका एक हजार दुई सय ८० जना पार्टीका क्रियाशिल सदस्य रहेका छन् । जिल्ला अधिवेशनले एक सय पाँच जना कार्यसमिति सदस्य चयन गर्ने पार्टीका अध्यक्ष ध्रुबकुमार शाहीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close