‘फ्लोर क्रस’ गर्ने कर्णालीका तीन मन्त्री पदमुक्त हुँदै

कर्णाली प्रदेशमा तीनजना मन्त्री स्वतः पदमुक्त हुने भएका छन् । उनीहरु संसद सदस्य नभई ६ महिना मन्त्री भएको अवधि भोलि पूरा हुन लागेकाले संविधान बमोजिम पदमुक्त हुन लागेका हुन् ।

कर्णाली प्रदेशमा पदमुक्त हुन लागेका तीन जना मन्त्रीहरु कुर्मराज शाही, अम्बरबहादुर थापा र नन्दसिंह बुढा नेकपा एकीकृत समाजवादी पार्टीका हुन् । प्रकाश ज्वालासहित उनीहरु नेकपा एमालेबाट निर्वाचित भई कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिदा फ्लोर क्रस गरी पार्टी ह्वीपविपरित लागेका थिए । जसका कारण शाही नेतृत्वको सरकार जोगिएको थियो ।

एमालेले कारबाही गरी सांसद पदमुक्त गर्न लेखे बमोजिम प्रदेश सभाले सूचना सुनाएको थियो । जसका कारण उनीहरु भोलिबाट सरकारमा स्वतः रहने छैनन् ।
उनीहरुको ठाउँमा नेकपा एसले आफ्नो दलको नेताहरुलाई मन्त्रीका लागि सिफारिश गर्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close