कर्णालीमा प्रभावकारी बन्दै टेलिमेडिसिन, ८४७ जनाले लिए सेवा

सुर्खेत,३ फागुन । वषौंदेखि हालसम्म जनशक्तिको अभावमा झेल्दै आएको कर्णाली प्रदेशका पछिल्लो समय टेलिमेडसियन सेवा प्रभावकारी बन्दै गएको छ ।
जनशक्ति अभावमा स्वास्थ्य सेवा लिनबाट वञ्चित रहेका दुर्गमका नागरिकहरुलाई लक्षित गरी वैकल्पिक माध्यमबाट दिइने चिकित्सकीय सेवा (टेलिमेडिसियन) बाट हालसम्म आठ सय ४७ जनाले सेवा लिएका छन् ।

यही वैशाख ७ गतेदेखि प्रदेश अस्पताल सर्खेतबाट सुरु गरिएकोे सेवा अहिले कर्णाली प्रदेश अस्पतालसँग ४ जिल्लाका ८ वटा स्थानीय तह जोडिएका छन् ।
कुल आठ सय ४७ जनामध्ये कोरोना भाइरस सम्बन्धी चार सय, अन्य रोग सम्बन्धी चार सय ४७ जनाले परामर्श लिएको प्रदेश अस्पतालका टेलिमेडिसिन अपरेटर नरेन्द्र चन्दले जानकारी दिए ।

चन्दकाअनुसार टेलिमेडिसिनबाट अडियो र भिडियो दुबै माध्यामबाट विषशेज्ञ सेवा दिने गरिएको छ ।
प्रदेश अस्पतालमा कर्णाली कियर सफ्टवेयरको माध्यमबाट अपरेटर कक्ष बनाई टेलिमेडिसिन सेवा सञ्चालनका गरिएको छ ।
दुर्गम ठाउँका स्वास्थ्य संस्थामा ओपीडी सेवाका लागि आएका बिरामीहरूको त्यहाँ उपचार हुुन नसकेको अवस्थामा स्वास्थ्यकर्मीले बिरामीको हिस्ट्री लेखी सोही आधारमा अपरेटरले सम्बन्धित विशेषज्ञ चिकित्सकलाई जानकारी गराएर चिकित्सक र बिरामी तथा स्वास्थ्यकर्मीसँग प्रत्यक्ष भिडियो कन्फ्रेन्समार्फत जोड्ने काम गरिएको अपरेटर चन्दले बताए ।

‘दुर्गमका स्वास्थ्य संस्थामा ओपीडी सेवाका लागि आएका बिरामीहरूको त्यहाँ उपचार हुुन नसकेपछि स्वास्थ्यकर्मीले बिरामीको हिस्ट्री लेखेर पठाउँछन्, सोही आधारमा अपरेटरले सम्बन्धित विशेषज्ञ चिकित्सकलाई जानकारी गराई प्रत्यक्ष कुरा गराइन्छ,’अपरेटर चन्दले भने, ‘प्रत्यक्ष भिडियो कन्फ्रेन्समार्फत जोड्न इन्टरनेटको पहुँच नभएको ठाउँमा टेलिफोनबाट पनि परामर्श दिने गरिएको छ ।’
दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन र बिरामीको सहजताका लागि थालिएको टेलिमेडिसिन अभियान कर्णालीमा प्रभावकारी बन्दै गएको प्रदेश अस्पतालका बाल रोग विशेषज्ञ डा. तथा टेलिमेडिसिन संयोजक नवराज केसीले बताए ।

‘कर्णाली जस्तो दुर्गमका नागरिकको अझै पनि स्वास्थ्य सेवा पहुँच छैन, आर्थिक भौगोलिक जस्ता कुरा बाधक बनेको छ,’ डा. केसीले भने, ‘दुर्गमका हिसाबले टाढा भएपनि प्रविधिबाट सेवा लिन सहज भएपछि यो सेवा प्रभावकारी हुँदै गएको छ ।’
यो सरकारले माथिदेखि तलसम्म नीतिगत रुपमैं संरचना बनाउन सके सेवा बढी प्रभावकारी र दिगो हुने डा. केसी बताउँछन् ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्मचारी खर्च, चिकित्क खर्च, रिफर खर्च, प्रविधि लगायतका शिर्षकमा १० लाख रुपैयाँ छुट्याएको छ ।
कर्णाली प्रदेश अस्पतालमा सञ्चालन गरिएको टेलिमेडिसिन सेवा देशकै पहिलो प्रभावकारी सेवा भएको र छाला, बालबालिकाको स्वास्थ्य समस्या, आपतकालीन अवस्थामा सुत्केरी सेवा, हाडजोर्नीका समस्या फोटो र भिडिओबाट धेरैजसो समस्या समाधान गर्न सकिने सिकाई भएकोे डा. केसीले बताए ।

हाल जाजरकोट, हुम्ला, मुगु, दैलेख र सुर्खेका ३८ भन्दा बढी स्वाथ्य संस्थाबाट उक्त सेवा उपलब्ध गरार्इंदै आइएको छ ।
प्रदेश अस्पतालमा एक जना हेल्थ असिस्टेन्ट (एचए) लाई अपरेटरको जिम्मा दिइ आवश्यक पर्ने छुट्टै इन्टरनेट, कम्प्युटर र ट्याबलेट (एन्ड्रोइड सिस्टम) समेत राखिएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close