देउती बज्यैमा रोपियो कल्पबृक्ष

भदौ ११,सुर्खेत । सुर्खेतको प्रसिद्घ धार्मिक स्थल देउती बज्यैको परिसरमा कल्पबृक्ष रोपिएको छ । सुर्खेत उद्योग वाणिज्य सघं तथा कर्णाली स्वयमसेवक दलले आज कल्पबृक्ष लगाईएको हो ।कल्पबृक्ष कुशे औसीको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य सघंका अध्यक्ष लक्ष्मण कडेल,महासचिब भद्र भण्डारी त्यस्तै वीरेन्द्रनगर नगरपालिका उप प्रमुख निलकण्ड खनाल निर्वतमान नगरप्रमुख देवकुमार सुवेदी लगाएत तथा कर्णाली स्वयमसेवक दलका पधाधिकारीको सहभागीतामा कल्पबृक्ष रोपिएको हो । यो अत्यन्तै ठुलो धार्मिक महत्व बोकेको बिरुवा भएकाले धार्मिक विधि र अनुष्ठान गराएर मन्दिर परिसरमा वृक्ष रोपिएको हो ।
पछिल्लो समय कल्पबृक्ष देशका बिभिन्न पबित्र स्थानहरुमा रोपिदै आएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close