पत्रकार नगेन्द्र उपाध्यायलाई जनसेवाश्री पदक

सुर्खेत ः नागरिक दैनिकका कर्णाली ब्युरो प्रमुख पत्रकार नगेन्द्र उपाध्याय जनसेवाश्री पदक पुरस्कारबाट सम्मानित हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको अवसरमा यस वर्ष विभिन्न पदक पाउने व्यक्तिलाई सम्मान गर्नु भएको हो ।
हाम्रो अखबार दैनिकका प्रकाशक सम्पादक समेत रहेका पत्रकार उपाध्याय कर्णालीमा लामो समयदेखि पत्रकारितामा सक्रिय रहनु भएको थियो । पत्रकारितासँगै समाजसेवामासमेत सक्रिय रहेका उहाँ यस वर्ष नेपाल सरकारले प्रदान गर्ने जनसेवाश्री पदकबाट सम्मानित हुनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close