
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रमममा निधन भएको हो।
उहाँलाई पार्किन्सन्सको समस्या थियो। युरिया उच्च देखिएका कारण अस्पताल भर्ना गरेको थियो। उहाँको स्वास्थ्य अवस्था जटिल देखिएपछि आइसियुमा राखेर थप उपचार गरिरहेको बेला आज बिहान उहाँको निधन भएको हो।
विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित उहाँ केही साताअघिदेखि अस्पताल भर्ना भएर उपचार गराइरहनु भएको थियो। आज ११ बजेतिर आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।
१४ वर्षमै मेट्रिक पास गरेका उहाँ नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्नु भएको थियो। उहाँ २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए।