चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरिमाथि २० करोड घूष मागेको आरोप

काठमाडौं, पुस २३ । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड रकम घूष मागेको आरोप लगाएका छन् ।

झापास्थित बि एन सी मेडिकल कलेजका सञ्चालक प्रसाईले काठमाडौंमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरिले २० करोड रकम घूष मागेको आरोप लगाएका हुन् ।

प्रसाईले बि एन सी मेडिकल कलेजको सम्बन्धन पाउन २० करोड रकम दिनुपर्ने शर्त डा. गिरिले राखेको आरोप लगाएका हुन् ।

सम्बन्धनका लागि गत मंसिर १५ गते आयोगमा निवेदन लिएर जाँदा आयोग उपाध्यक्ष डा. गिरिले निवेदन अस्वीकार गरी द्वारिका होटलमा बोलाएर सम्बन्धनका लागि आफुलाई २० करोड रकम दिनु पर्ने शर्त राखेको आरोप प्रसाईले लगाए ।

उपाध्यक्ष गिरिले २० करोड रकम घूष मागेको विषय आफूले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई जानकारी गराएको पनि उनले बताए । नेकपाको कार्यालयमै पुगेर प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई यसको जानकारी गराएको हुँ, प्रसाईंले पत्रकाहरुसँग भने ।

उपाध्यक्ष डा. गिरिले शिक्षामन्त्री र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत आफनो पक्षमा रहेको भन्दै आफूसँग रकम मागेको जिकीर प्रसाईंको छ । यसबारे सबैलाई जानकारी गराउदा पनि कतैबाट केही पहल नभए पछि बाध्य भएर पत्रकार सम्मेलन गर्न परेको उनको दावी छ ।

प्रसाईले पुष मसान्तसम्ममा आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिए अदालत जाने धम्की पनि दिए ।

सञ्चालक प्रसाईंले बि एन सी मेडिकल कलेजलाई सम्बन्धन नदिने भए सरकारले कलेज किनोस् भन्दै आफू बेच्न तयार रहेको बताए ।

साभार:-इमेजखबर डटकम

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close