कतारमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६९, जसमध्ये १७ जना नेपाली

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

विश्वमा जनसङ्ख्याको आधारमा कोरोनाको धेरै परीक्षण गर्ने देश मध्येमा पर्ने मध्यपूर्वको देश कतारमा कोरोनाको कहर घट्दै गएको छ । कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५ जनामा गरिएको परीक्षणमा थप २७३ जनामा पोजेटिभ देखिएको छ भने २४६ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

पछिल्लो समय सङ्क्रमित हुने भन्दा स्वास्थ्य लाभ गर्नेको सङ्ख्या उच्च देखिए पनि हिजो र आज सङ्क्रमित धेरै देखिएका हुन् । थप दुई जना ६० र ६१ वर्षीय नागरिकसहित मृतकको सङ्ख्या १६९ पुगेको छ । वैदेशिक रोजगारीको लागि निकै आकर्षक गन्तव्य मानिएको कतारको कुल जनसंख्या २८ लाख रहेको छ भने करिब ५ लाख जनामा कोरोनाको परीक्षण गरी सकिएको छ । १ लाख १० हजार १ सय ५३ जना सङ्क्रमण देखिदा १ लाख ६ हजार ८ सय ४९ जनाले कोरोनालाई जितिसकेका छन् ।

कतारमा अहिले ३ हजार १ सय ३५ जनाले उपचार गराई रहेका छन् । जस मध्ये ४७० जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको छ भने ९७ जनालाई आइसियुमा राखी उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा कोरोनाका कारण १७ जना नेपालीले ज्यान गुमाई सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close