सिरहामा नक्कली नोटसहित दुई जना पक्राउ

सिरहामा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । हिजो साँझ चार लाख ३५ हजार नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स व्यूरोद्वारा चार लाख ३५ हजार नेपाली नक्कली रुपियाँसहित दुई जनालाई पक्राउ गरेको सिरहा जिल्ला लहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति मावि नजिकको रोडबाट पक्राउ गरिएको हो ।
नक्कली नोटसहित पक्राउ गरेकाहरू सिरहा जिल्लास्थित लाहान नगरपालिका–१९ का ३० का मोहम्मद ओसिन र सोहि नपा १० का २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् ।
विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरूको साथबाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार ५५ रुपियाँ समेत बरामद भएको छ ।
उनीहरूलाई बरामद सामानसहित आबश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close