सरकारले पानीको मूल्य तोक्यो : प्रतिबोतल १६ र प्रतिजार ५० रुपियाँ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी भदौ १० देखि लागू हुने पानीको समर्थन मूल्य तोकेको हो ।

विभागका अनुसार प्रशोधित प्रतिबोतल १६ रुपियाँ र प्रतिजार ५० रुपियाँ मूल्य तोकिएको छ । यसअघि प्रशोधित प्रतिबोतल २० रुपियाँ र प्रतिजार ६० रुपियाँमा बिक्री भइरहेको विभागले जनाएको छ ।

यसअघि जारको पानीको अधिकृतम खुद्रा मूल्य प्रतिजार ६० रुपियाँ तोकिए पनि उपभोक्ताले ४०-४५ रुपियाँमै किनेर खान पाइरहेका थिए ।

विभागका अनुसार काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर भक्तपुर) र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतल र जारको पानीको समर्थन मूल्य तोकिएको हो । विभागका निर्देशक सागर मिश्रको नेतृत्वमा गत असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो । विभागले तोकेको नयाँ मूल्य भदौ १० गतेबाट लागू हुने र कार्यान्वयन नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ र नियावली २०७६ अनुसार कारबाही गरिने बताएको छ ।

विभागका अनुसार प्रतिजार डिस्ट्रिब्युटर मूल्य ३५ रुपियाँ तोकिएको छ भने प्रशोधित पानी एक लिटर बोतल प्रतिकार्टुन डिस्ट्रिब्युटर मूल्य भने १३० रुपियाँ कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close