उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

काठमाडौँ। भोलि शनिबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।संघ, प्रदेश र स्थानीय तहमा रिक्त पदमा जनप्रतिनिधि बहाली गर्न ३७ जिल्लाका २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रमा उपनिर्वाचन हुँदै छ।

यसमध्ये प्रतिनिधिसभातर्फ ३२ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यततर्फ ७८ मतदानस्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्पm १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको छ।

८ सय वा सोभन्दा बढी मतदाता भएका केन्द्र ३ सय ३७ र ८ सयभन्दा कम मतदाता रहेका केन्द्र २ सय छन्।आयोगका अनुसार निर्वाचन गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू मतदानका आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगिसकेका छन्।

उपनिर्वाचन सम्पन्न गर्नका निम्ति आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो।

कास्की निर्वाचन क्षेत्र नं। २ को प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्यतर्फ भक्तपुर क्षेत्र नं। १ को १, बागलुङ क्षेत्र नं। २ को २, दाङ जिल्लाको क्षेत्र नं। ३ को २ गरी प्रदेशसभा सदस्यतर्फ–३ जनाका लागि उपनिर्वाचन हुन लागेको हो।

यस्तै स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख–१ जना, संखुवासभा जिल्ला मकालु गाउँपालिकाको अध्यक्ष–१, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–१, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष–१ गरी गाउँपालिका अध्यक्ष–३ जना, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ जना र विभिन्न गाउँपालिका तथा नगरपालिकाको वडाध्यक्ष–४३ समेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुनेछ।

उपनिर्वाचनमा कुल मतदाता ४ लाख ५४ हजार १ सय १४ जना रहेका छन्। त्यसमध्ये महिला २ लाख ३३ हजार ४ सय २, पुरुष २ लाख २० हजार ७ सय १० र अन्य २ जना रहेका छन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं। २ मा ७१ हजार ८ सय ७१ जना, प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुर, बागलुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५ जना, ३५ हजार १ सय ८४ जना र ६८ हजार ७ सय १९ जना गरी २ लाख २० हजार ७ सय ८९ मतदाता छन्।

यसै गरी स्थानीय तहतर्फ २ लाख ३३ हजार ३ सय २५ जना मतदाता रहेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७४ पछि उपनिर्वाचन हुने क्षेत्रमा १६ हजार २ सय १९ जना नयाँ मतदाता थप भएका छन्।यस उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ ११ वटा, प्रदेश सभा सदस्यतर्फ १५ वटा र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दल सहभागी भएका छन्।

उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने जम्मा ३ सय ३३ उम्मेदवारमध्ये राजनीतिक दलतर्पm २ सय ५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेकोमा २ सय ५३ पुरुष र ८४ महिला उम्मेदवार छन्।

प्रतिनिधिसभातर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी जम्मा २१, प्रदेशसभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्फ राजनीतिक दलका २ सय १३ र स्वतन्त्र ६० गरी जम्मा २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

उपनिर्वाचन सम्पन्न गर्न आयोग र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीबाहेक मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ३ सय ५४ जना कर्मचारी खटिएका छन्। त्यस्तै मतदान केन्द्रमा २ सय ६ सय ८४ जना कर्मचारी, स्वयंसेवक २ हजार १६ गरी जम्मा ५ हजार ५४ जना खटिएका छन्।

उपनिर्वाचन हुने १ सय ५५ वडामा घरदैलो मतदाता शिक्षा कार्य सञ्चालन गर्न प्रत्येक वडामा २ जनाका दरले ३ सय १० जना मतदाता शिक्षा कार्यकर्ता खटिएका छन्। यसरी सुरक्षाकर्मीबाहेक उपनिर्वाचन सम्पन्न गर्न विभिन्न जिम्मेवारीका साथ जम्मा ५ हजार ३ सय ६४ जना कर्मचारी परिचालन भएका छन्।

गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको सहभागितामा उपनिर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तर्जुमा भई प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको आयोगले जनाएको छ।

गृह मन्त्रालयमा सुरक्षा कमान्ड पोस्ट, प्रदेशस्तरमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा सुरक्षा समिति र जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति क्रियाशील रहेको आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो।

समग्र उपनिर्वाचनसम्बन्धी गतिविधि र सुरक्षासम्बन्धी समन्वय र निर्देशनका लागि आयोगमा निर्वाचन आयुक्तको संयोजकत्वमा उच्चस्तरीय उपनिर्वाचन सुरक्षा समिति गठन गरिएको छ। आयोगमा नै सबै सुरक्षा निकायको प्रतिनिधित्व रहने गरी संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेईओसी० क्रियाशील छ। समाचारपत्रले यो समाचार छापेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close