१४ औं वर्षमा प्रवेश गर्यो ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक आजदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमानै बैंक नेपालकै ठुलोबैंकको रुपमा स्थापित बन्न सफल भएको छ ।

बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ (प्रस्तावित १४ प्रतिशत बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) पुगेको छ । त्यस्तै संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा शाखा सञ्चालनमा ल्याइसकेको छ ।

बैंकले अहिले सम्म जम्मा २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सिडिएस क्लियरिङ काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर, तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close