कोरोना पोजेटिभ रिपोर्ट आएको केहीबेरमै ७० वर्षीयाको मृत्यु

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार क्रममा एक ७० वर्षीयाको मृत्यु भएको छ।

श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि २३ गते अस्पातलमा भर्ना भएकी कोहलपुर नगरपालिका–२ की ७० वर्षीया कुलपति चौधरीको आज दिउँसो ३ बजे मृत्यु भएको शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा दिनेश श्रेष्ठले बताए।

ती महिलालाई अस्पतालले आइसोलेसन वार्डमा भर्ना गरी अक्सिजन दिएर उपचार सुरु गरेको थियो।

निमोनियासमेत देखिएपछि उनको २३ गते नै स्वाब संकलन गरेर परीक्षणका लागि भेरी अस्पताल पठाइएको थियो। कोरोना पोजेटिभ भएको रिपोर्ट आएको केहीबेरमै उनको मृत्यु भएको हो।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close