दलित तथा विपन्नलाई खाद्यान्न वितरण

हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर ३ बरगाउँका विपन्न तथा दलित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सोही वडाका तोर्पा गाउँका प्रेम दोर्जे लामाले व्यक्तिगत सहयोग तथा छिरिन पाल्देन लामाको सहकार्यमा मङ्सिर १४ गते खाद्यान्न वितरण गरिएको हो ।

कोभिड १९ का कारण केही राहत होस् भन्ने भनेर बरगाउँका ४३ दलित तथा अति विपन्न वर्ग, पिछडीएका व्यक्तिलाई खाद्यान्न सहयोग गरेको छिरिन पाल्देन लामाले बताए । उक्त गाउँका प्रति घरलाई २५ किलो चामल वितरण गरिएको लामाले बताए ।

हुम्लाबाट पहिलो सगरमाथा आरोही गर्ने प्रेम दोर्जे लामाले मङ्सिर १४ गते नेपालगञ्जबाट हवाइजहाज मार्फत चामल ढुवानी गरी गाउँमा सो सहयोग गरेका हुन् । देशभर कोभिड-१९ शुरु भएदेखि नै बरगाउँका दलितलाई खानाको समस्या हुने भएपछि आफुले सानो सहयोग गरेको लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close