सुर्खेत मगर संघ भेला सम्पन्न , हक अधिकारको लागि एक जुट हुन अनुरोध

सुर्खेत । नेपाल राष्ट्रिय मगर संघले सुर्खेतको बीरेन्द्रनगरमा जिल्ला स्तरीय बृहत भेलाको आयोजना सम्पन्न गरेको छ।
आज नेपाल राष्ट्रिय मगर संघ सुर्खेतले आयोजना गरेको भेलामा सहभागीहरुले मगरहरुको हक र अधिकारको लागी सबै एक जुटहुनुपर्नेमा जोड दिएका छन।
उनिहरुले नेपाली काँग्रेसको कान्छो भातृसंस्थाको रुपमा रहेको राष्ट्रिय मगरलार्इ बलियो बनाउन सके मात्र काँग्रेस बलियो हुने बताएका छन।
सहभागीहरुले गाँउगाँउमा अव मगर संघ विस्तार गरेर निस्कृय सदस्यहरुलार्इ पनि संक्रिय बनाउन तर्फ लाग्नुपर्नेमा जोडदिएका छन।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले नेपाली काँग्रेसको विधानले मगहरुलार्इ धेरै अधिकार दिएको भन्दै अधिकारको प्रयोग गर्न आग्रह गर्नुभयो।
उहाँले मगर समुदायले लोकतन्त्र प्राप्तिको लागी धेरै संघर्ष गरेको स्मरण गर्दै अव काँग्रेसलार्इ बलियो बनाउन जिम्मेवारी पनि मगरसंघको रहेको उल्लेख गर्नुभयो।
नेता थानीले वर्तमान दुर्इतिहार्इको सरकारले जनताको पक्षमा कुनैपनि काम गर्न नसकेको भन्दै सरकारको हालत अहिले टिठ लाग्दो अवस्थामा पुगेको बताउनुभयो।
उहाँले अहिलेको सरकार कम्युनिस्ट नभएर कमाउखाने सरकारको भएको आरोप लगाउनुभयो।
कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले मगर समुदायिले देशको लागी ठुलो योग्दान गरेको भन्दै अव आफ्नो लागी लड्नुपर्ने समय आएको बताउनुभयो।
यस्तै नेपाली काँग्रेस सुर्खेतका पुर्वसभापति एवम पुर्व राज्यमन्त्री तप्तबहादुर विष्टले एकता र जिम्मेवारीको साथ अगाडी बढ्ने मगर समुदायलार्इ आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल मगरसंघका केन्द्रिय महामन्त्री र्इच्छु रानामगरले दुुुई तिहाई  सरकारको गलत कामको विरुद्ध लड्न मगर समुदायलाई अपिल गर्नुभयो।
नेपाली कांग्रेसको सिद्धान्त र आचरण, नेतृत्व विकास तथा राजनीतिमा मगर समुदायका विषयमा छलफलको हुन जरुरी रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा बदलिदो राजनितिक परिस्थितीमा अबका दिनहरुमा मगर समुदायले आफ्नो पहिचान राख्न के कस्ता काम गर्ने जस्ता बिषयका बारेमा भेलामा जानकारी गरार्इएको छ।
कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका कोषाध्यक्ष अन्नत पौडेल,सचिव टोपबहादुर रावत, महिला संघका पार्वती गिरी, क्षेत्रिय सभापति खड्क पोखरेल, लालविर भन्डारी सहक्षेत्रिय सभापति नारायण कोर्इराला दलित संघ सुर्खेतका अध्यक्ष भिमशाही परियार लगायतको सहभागीता रहेको थियो।
कार्यक्रम नेपाल मगर संघ सुर्खेतका अध्यक्ष कर्णबहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close