Murti

बाढीले बाजुराका २ पक्की पुल बगायो

दुई दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण बाजुराको बुढीगंगा नदीमा बहाब बढेपछि सदरमुकाम जोड्ने २ पुल बगाएको छ भने कम्तिमा पनि ५ जना बेपत्ता भएका छन्।

नेकपाका स्थानीय नेता अमर खड्काका अनुसार बाढीले सदरमुकाम जोड्ने २ वटा पक्की पुल बगाएको छ भने अन्य केही स्थानका झोलुंगे पुल पनि बगाएको छ।

यस्तै, नदीको पानी तटीय बस्तीमा पस्दा केही मानिस बगाएको पनि खड्काले बताए। कति मानिस बेपत्ता भए भन्नेबारे खोजबिन भइरहेको पनि उनले बताए।

बाढीले नदी किनारका पसल, खेति तथा तरकारी फार्मसमेत बगाउँदा लाखाैं रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक आँकलन छ। बाढीले बाजुराको गौमुल गाउँपालिका, सदरमुकाम रहेको बडीमालिका नगरपालिका र बुढीगंगा नगरपलिकाकामा क्षति पुर्‍याएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close