सेञ्चुरीले बैंक सुर्खेतद्वारा साझा घरलाई सहयोग

सुर्खेत,१७ फागुन । सेञ्चुरी कमर्सियल बैंक सुर्खेत शाखाले साझा घर नेपाललाई सहयोग गरेको छ । शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत साझा घरलाई कपडा सहयोग गरेको छ ।
आइतबार वीरेन्द्रनगर—९ लाटिकोइली स्थित साझा घरलाई ४९ थान ट्रयाक सुट, ६ थान कुर्तासुरुवाल, २ थान धोतीचोला सहयोग गरेको हो ।
बैंकका प्रदेश प्रमुख धर्मराज श्रेष्ठले साझा घर नेपालका अध्यक्ष भीम बहादुर विश्वकर्मा (हिमाल) लाई सामग्री हस्तान्त्रण गरेका हुन् ।
सामग्री हस्तान्त्रण गर्दै प्रमुख श्रेष्ठले सेञ्चुरी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
यस्तै साझा घर नेपालका अध्यक्ष भीम बहादुर विकले ‘एक छाकबाट एक मुट्ठी दान, साझा घर नेपालको अभियान’ मा बैंकले गरेको सहयोग अमुल्य रहेको बताउँदै धन्यवाद समेत दिए ।

मुट्ठी दानबाटै सञ्चालनमा रहेको साझा घरमा अहिले ५७ जनाले आश्रय लिइरहेका छन् ।
मुट्ठी दानबाटै साझा घर सञ्चालनमा कठिनाई भएकोले सबैले सहयोग गर्न अध्यक्ष विकको अनुरोध छ ।
सहयोग हस्तान्त्रण कार्यक्रममा बैकको सुर्खेत शाखाका प्रमुख विष्णु ज्ञवाली, शाखाका कर्मचारी प्रदिप वर्मा, समाजसेवी भुपेन्द्र भारती, सुरेन्द्र केसी र शिवराज रसाईलीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close