अहिलेसम्म १२४ स्वर्ण पदकमा कसले कति लगे आफ्नो पोल्टामा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा १ सय २४ वटा स्वर्ण पदकको टुंगो लागेको छ । सागमा समावेश गरिएका विभिन्न खेल प्रतियोगितामा अहिलेसम्म १२४ स्वर्ण पदकको टुंगो लागेको छ । सबै भन्दाबढी स्वर्ण पदक जित्नेको अग्रपंतिमा भारत रहेको छ । प्रतियोगिताको पहिलो र दोस्रो दिन पदक तालिकामा अग्रस्थानमा रहेको नेपाल पाँचौ दिन पुग्दा भारत भन्दा २२ स्वर्णले पछि छ ।

भारतले यो समाचार तयार पारुन्जेल ५८ वटा स्वर्ण पदक हात पारेको छ । यता नेपालले ३६ वटा स्वर्ण पदकमा बाजी मारेको छ ।

यस्तै श्रीलंका, पाकिस्तान र बंगलादेशले क्रमश : १६, १२ र ४ स्वर्ण पदक हात पारेका छन् । यता माल्दिभ्सले एक स्वर्ण पदक हात पारेको छ भने भुटान अहिलेसम्म स्वर्ण पदक विहीन छ ।

नेपाल ३६ स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहँदा श्रीलंका १६ स्वर्ण सहिता तेस्रो स्थानमा छ भने पाकिस्तान १२ स्वर्ण सहित चौथो स्थानमा छ । प्रतियोगितामा बंगलादेशले ४ स्वर्ण जित्दै प्रतियोगिताको पाँचौ  स्थानमा रहेको छ भने माल्दिभ्सको एक स्वर्ण छ ।

भुटानले हाल सम्म स्वर्ण पदकमा खाता खोल्न सकेको छैन् । प्रतियोगितामा भारतले ४१ रजत जितेको छ । रजतमा पनि भारत शीर्ष स्थानमा छ । श्रीलंकाले ३१ रजत जित्दा नेपाल २६, पाकिस्तान २१ र बंगलादेशले १० रजत जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close