‘मिस वर्ल्ड’को लागि भोटिङमा नेपाली सुन्दरी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो स्थानमा

‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । डिसेम्बर १४ मा हुन लागेको ‘मिस वर्ल्ड’मा उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनले विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिष्पर्धा गरिरहेकी छिन् ।

अहिले ‘मिस वर्ल्ड’को लागि भोटिङ चलिरहेको छ । विभिन्न देशका सुन्दरीहरु आफ्नो भोट बढाइरहेका छन् । यस्तैमा नेपाली सुन्दरी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो स्थानमा छिन् । यो समाचार तयार पार्दासम्म अनुष्काले ११.९ प्रतिशत भोट पाएकी छिन् । पहिलो स्थानमा रहेकी भियतनामकी सुन्दरी लोअङ थुय लिंहले १३.९१ प्रतिशत भोट पाएकी छिन् ।

नेपाली सुन्दरीको भोटमा बङ्गलादेशी सुन्दरीले पछ्याएकी छिन् । बङ्गलादेशकी सुन्दरी रफह तेर्साको भोट प्रतिशत ११.२० छ । अन्य देशका प्रतिस्पर्धीहरु भोटमा धेरै नै पछि छन् । तर, अनुष्कालाई भोटिङमा दोश्रो स्थानमा रहेर मात्र पुग्दैन । भोटिङमा पहिलो स्थानमा रहने सुन्दरी उत्कृष्ट २० मा सोझै पुग्नेछिन् । सर्वाधिक भोट ल्याउने सुन्दरीले ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन्, जसलाई उनलाई उत्कृष्ट २० मा सोझै पुर्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close