२ करोड नाघे कोरोना संक्रिमत, १ करोड पुग्न १८० दिन, २ करोड पुग्न केवल ४३ दिन

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आइतबार २ करोड पुग्यो । ३१ डिसेम्बरमा पहिलो संक्रमण भेटिएसँगै १ करोड संक्रमित पुग्न १८० दिन लागेको थियो । पछिल्लो १ करोड संख्या पुग्न केवल ४३ दिन लागेको छ ।

कुल संक्रमितमध्ये आधा संख्या अमेरिका, ब्राजिल र भारतमा रहेका छन् । बाँकी १ करोड भने संसारका अन्य देशहरुमा रहेका छन् ।

संसारको सबैभन्दा प्रभावित महादेश उत्तर अमेरिका बनेको छ । यहाँ संक्रमितको संख्या ६० लाख ६२ हजार नाघेको छ । यीमध्ये ३२ लाख ३० हजार भन्दा धेरै मानिस निको भइसकेका छन् भने २ लाख ३३ हजार ८९५ जनाको मृत्यू भइसकेको छ । उत्तर अमेरिकामा भेटिएका कुल संक्रमितमध्ये ८५ प्रतिशत संक्रमित अमेरिकाका रहेका छन् ।

दक्षिण अमेरिकामा भने सबैभन्दा प्रभावित देश ब्राजिल बनेको छ । दक्षिण अमेरिकामा संक्रमणबाट अहिलेसम्म ४७ लाख जनसंख्या प्रभावित भइसकेका छन् । यीमध्ये २० लाख ९४ हजार मानिस निको भइसकेका छन् भने १ लाख ५८ हजार मानिसको कोरोना भाइरसका कारण मृत्यू भइसकेको छ ।

यहाँ सबैभन्दा प्रभावित ब्राजिलमा ३० लाख १३ हजारभन्दा बढी मानिस संक्रमित बनेका छन् ।

एसियामा भने भारत सबैभन्दा अगाडि छ । एसियाभरी ४९ लाख ५७ हजार ७५३ मानिस संक्रमित भेटिएका छन् । यीमध्ये ४३ प्रतिशत भारतीय रहेका छन् । यहाँ २१ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

एसियामा आइतबारसम्म १ लाखभन्दा बढी मानिसको कोरोना संक्रमणका कारण मृत्यू भइसकेको छ । भारतपछि सबैभन्दा बढी संक्रमित इरानमा छन् । त्यहाँ संक्रमितको संख्या ३ लाख २४ हजार पुगेको छ ।

युरोपमा भने ३० लाखभन्दा बढी संक्रमित भेटिइसकेका छन् । यीमध्ये १८ लाख १६ हजार ५४७ मानिस निको भइसकेका छन् । २ लाख ५ हजार ९४८ मानिसको मृत्यू भइसकेको छ ।

यहाँ मार्चदेखि मेको बीचमा स्पेन, इटली र फ्रान्समा संक्रमण अहिले पनि तीव्ररुपमा बढिरहेको छ । अहिले यहाँ सबैभन्दा बढी संक्रमित देश रुस हो । यहाँ ८ लाख ८२ हजारभन्दा ज्यादा हजारभन्दा धेरै संक्रमित रहेका छन् ।

अफ्रिकामा संक्रमणको आंकडा १० लाख पार गरेको छ । यहाँ ४ लाख मानिस निको भइसकेका छन् भने २३ हजार मानिसको मृत्यू भइसकेको छ ।

यहाँ सबैभन्दा संक्रमित देश साथ अफ्रिका हो । यहाँ ५.५३ लाख संक्रमित भएका छन् ।

युएनको रिपोर्टका अनुसार महामारी अफ्रिकाको विकासका लागि एक ठूलो खतरा हो । यहाँ धेरै मानिस गरिबीको रेखामुनि धकेलिने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close