कांग्रेस महाधिवेशन : सभापति छान्दै पौडेल पक्ष

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिका उम्मेदवारहरुको टुंगो लगाउन छलफल गरिरहेको छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशतर्फको निर्वाचन कार्यक्रम भोलिबाट शुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले प्रदेशतर्फ मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन, मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम तय गरेको छ ।

आफ्नो पक्षबाट प्रदेश सभापतिमा उम्मेदवार बनाउनेहरुको नाम सर्वसम्मत गर्न अहिले पौडेलसहित कांग्रेस महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा. रामशरण महत लगायतका छलफलमा बसेका छन् ।

महामन्त्री कोइराला निवासमा भइरहेको छलफलमा आफ्नो पक्षको प्यानल बनाउन नेताहरुबीच कुराकानी भइरहेको पौडेल पक्षका एक नेताले जानकारी दिए ।

प्रदेश सभापतिका दावेदारहरुले छुट्टा–छुट्टै आफ्नो उम्मेदवारीको प्रचार गर्दै हिडेपछि त्यसलाई कसरी सहमतिमा टुंग्याउने भन्ने विषयमा पनि छलफल भएको छ । उता कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष पनि आफ्नो तर्फबाट क–कसलाई प्रदेश सभापतिमा उम्मेदवार बनाउने भन्ने आन्तरिक गृहकार्यमा जुटेको छ ।

कांग्रेसमा वडा अधिवेशन शुरु हुनु अघि पौडेल सहितका नेताहरु एकैठाउँ उभिएका थिए । त्यसपछि उनीह प्रदेश निर्वाचनका बारे छलफल गर्न आज एकै ठाउमा भेला भएका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close