देउवा र पौडेल बिच कुरा मिलेन, बैठक छल्न पौडेल विराटनगरमा

विराटनगर । नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाको दुरी बढ्न थालेको छ । शनिबार सभापति शेरबहादुर देउवा पौडेल निवासमै गएर छलफल गर्दा पनि सहमति जुटेन । बरु नेता पौडेलले बैठक छल्न राजधानी बाहिर लागेका छन् । यसले नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गर्ने प्रष्ट देखिन्छ ।

पौडेल शनिबारनै विराटनगर आइपुगको उनले जानकारी दिएका छन् । कांग्रेस नेता डा. मिनेन्द्र रिजालले शनिबारनै देउवा पक्षधर नेता तथा उपसभापति मिनेन्द्र रिजालसँग कुरा गरेका थिए । रिजाल र निधीबीचको कुराकानीमा पनि सहमति नजुटेपछि आफूहरुले आइतबारको बैठक बहिस्कार गर्न लागेको रिजालले जानकारी दिए ।

पौडेल पक्षले १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन दबाब दिइरहेको छ । देउवा भने प्रक्रिया पुर्याएर कार्यतालिका ल्याउने भनिरहेका छन् । तर विभिन्न भातृ संगठनभित्रको समस्या समाधान पहिला कि कार्यतालिका पहिला भन्नेमा कुरा मिलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close