सुदूरपश्चिममा ११ हजार ३५२ जनालाई कोरोना संक्रमण

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ३५२ पुगेको छ।

स्वास्थ्य निर्देशनालय राजपुरका अनुसार मंगलबार कैलालीमा ७४, अछाममा १८, बैतडीमा १७, बझाङमा आठ, बाजुरामा ६, डडेल्धुरामा १२, कञ्चनपुरमा सात र डोटीमा एक जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशको दार्चुलामा भने पछिल्लो २४ घण्टामा कोरोनाका संक्रमित फेला नपरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित कैलालीमा फेला परेका छन्।

कैलालीमा ४७७४ जना कोरोना संक्रमित फेला परेका छन्। निर्देशनालयका अनुसार अछाममा १२३५, बैतडीमा ५८३, बझाङमा ७६३, बाजुरामा ४८३, डडेल्धुरामा ५५३, दार्चुलामा ३२१, डोटीमा १३५५, कञ्चनपुरमा १२७५, अन्य जिल्लाका २६ र अन्य प्रदेशका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नौ हजार ५१७ जना कोरोनामुक्त

प्रदेशमा नौ हजार ५१७ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा प्रदेशमा कैलालीबाट ५५, कञ्चनपुर र बैतडीबाट एक÷एक जना कोरोना संक्रमण मुक्त भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार हालसम्म अछामबाट ११३१, बैतडीबाट ४८८, बझाङबाट ४९५, बाजुराबाट ४५२, डडेल्धुराबाट ३७७, दार्चुलाबाट ७३, डोटीबाट एक हजार २००, कैलालीबाट चार हजार १७३, कञ्चनपुरबाट एक हजार १२८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।

संक्रिय संक्रमित एक हजार ७९६

प्रदेशमा एक हजार ७९६ जना कोरोनाका संक्रिय संक्रमित छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अछाममा १०२, बैतडीमा ९४, बझाङमा २६५, बाजुरामा २९, डडेल्धुरामा १७३, दार्चुलामा २४६, डोटीमा १५४, कैलालीमा ५८१, कञ्चनपुरमा १२४ तथा अन्य जिल्लाका २६ र दुई जना अन्य देशका कोरोनाका संक्रिय संक्रमित छन्।

३९ जनाको मृत्यु 

सुदूरपश्चिम प्रदेशमा हालसम्म ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सबैभन्दा बढी कैलालीमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
निर्देशनालयका अनुसार कञ्चनपुरमा पाँच जना, बझाङ र डडेल्धुरामा तीनतीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अछाम, बाजुरा, दार्चुलामा दुईदुई जना तथा बैतडी र डोटीमा एकएक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सात जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा

प्रदेशमा सात जना कोरोना संक्रमितको आईसीयू र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। एक हजार ३२५ जना भने होम आइसोलेसनमा छन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close