नेपाल खाद्य संस्थानले बिक्रि बितरण गर्दै आएको चामल फरक फरक मुल्यमा बिक्री बितरण

काली बहादुर थापा

हुम्ला। नेपाल खाद्य संस्थानले बिक्रि बितरण गर्दै आएको चामल फरक फरक मुल्यमा बिक्री बितरण भैरहेको छ । नेपाल सरकारले नेपाल खाद्य संस्थान मार्फत बिक्रि बितरण गर्दै आएको चामलमा ठाउँ अनुसार फरक मुल्यमा बिक्रि बितरण भएकाले चामलको मुल्य समायोजन नहुँन्जेल सम्म आफु चामल नउठाउँने भन्दै ठेकेदार लोकेन्द्र भण्डारीले गाउँपालीका सँग सिफरीस माग्नु भयो । दशैमा सबै ठाउँमा चामल पुगेता पनि अदानचुली ताँजाकोट लगाएतका गाउँपालीकाको चामल ढुवानी गर्ने जिम्मा पाएका ठेकदार लेकेन्द्र भण्डारीले यसको समस्या समाधान नहुँन्जेल आफु चामल नउठाउँने भन्दै चामल नपुगाएको दावी गर्नु भयो । उहाँका अनुसार भोली आफुलाई दोष आउने भएकाले आजै यसको खोजीनिती गर्न लागेको बताउनु भयो ।

नेपाल खाद्य संस्थान शाँखा कार्यालय सुर्खेतका प्रमुख भिम बहादुर थापाका अनुसार चामलको मुल्य ढुवानी,भुगोल, यातायातका कारण बिभिन्न ठाउँमा मुल्य फरक भएको बताउनु भयो उहाँका अनुसार हुम्ला र मुगुका केही स्थानको मुल्य दरको सुची यस्तो छ ।
हुम्लाको कवाडीमा
अरुवा मोटा चामलको मुल्य रु.४८००
सोना मन्सुली चामलको मुल्य रु.५१००
जापानीज चामलको मुल्य रु.४६००

हुम्लाको ताँजाकोट गाउँपालीकाको छप्रेलामा

अरुवा मोटा चामलको मुल्य रु. ५७००
सोना मन्सुली चामलको मुल्य रु. ५८००
जापानीज चामलको मुल्य रु. ४८००

हुम्लाको अदानचुली गाउँपालीकाको श्रीनगर डिपोमा

अरुवा मोटा चामलको मुल्य रु.५७००
सोना मन्सुली चामलको मुल्य रु.६१००
जापानीज चामलको मुल्य रु.५७००
मुगु जिल्लाको सोरुकोटमा
अरुवा मोटा चामलको मुल्य रु.४९५०,
सोना मन्सुलीको चामलको मुल्य रु.५२५०
जापानीज चामलको मुल्य रु.४६००

हुम्लाको सर्केगाड डिपोमा
अरुवा मोटा चामलको मुल्य रु.५७००
सोना मन्सुलीको मुल्य रु.६१००
जापानीज चामलको मुल्य रु.५७००

मुगुको रातापानीमा

अरुवा मोटा चामलको मुल्य रु.४८००
सोना मन्सुली चामलको मुल्य रु.५२००
जापानीज चामलको मुल्य रु.४६००

दुरीको आधारमा यि माथी उल्लेखीत ठाउँहरु त्यती फरक छैन् २।३ कोषको फरक छ । तर पनि यि ठाउँहरु बिच मुल्यको त्यती फरक किन भएको हो ? यसको लागि हुम्ला जिल्ला प्रमुख जिल्ला अधिकारी बिनिता भटराईलाई सोध्दा ठाउँ र भाडा दर अनुसारको फरक हुँन सक्ने भन्दै आफु आउनु भन्दा अगाडिनै निर्णय भएकाले केहि दिनमा बुझेर खबर गर्ने बताउनु भयो ।
नेपाल सरकाले चामलको ढुवानी कसरी दिएको हो डिपो कार्यालय सम्मको ठुवानी दिएको होकी ठाउँ अनुसार फरक ढुवानी दिएको हो यसको लागि शाँखा कार्यलय सुर्खेतका प्रमुख भिम बहादुर थापालाई ढुवानी अनुसार मुल्य पनि फरक पर्ने बताए उहाँले मुल्य समायोजनको लागि स्थानीय सरकारले भाडा समायोजनको लागि जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला खाद्य ब्यबस्थापन समिति हुँदै खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बिक्रि बितरण बिभाग काठमाडौमा पठाउँनु पर्ने बताए ।

उता खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बिक्रि बितरण बिभाग काठमाडौका बिभागीय प्रमुख लाल मोहन ठाकुरले यो कुरा आफुलाई यस भन्दा अगाडी थाहा नभएको बताउनु भयो । उहाँले मुल्य समायोजनको लागि त्यहाको स्थानीय सरकार वा जिल्ला खाद्य ब्यबस्थापन समिति तथा डिपो केन्द्रका प्रमुखले समायोजनको पत्र ल्याएर आउनु पर्ने र आए पछि बढीमा ५ प्रतिशत भाडा खट्न सक्ने बताउनु भयो ।
हुम्ला जिल्लाको ताँजाकोट गाउँपालीकाका अध्यक्ष बागदल मल्लले अघिल्लो आर्थिक वर्ष भाडा समायोजनको चिठि लिएर बिभागमा पुग्दा जापानीज चामल बाहेक अन्य चामलको मुल्य नघटेको बताउनु भयो ।
अदानचुली गाउँपलीकाका अध्यक्ष दल फडेराले अघिल्लो वर्ष पनि मुल्य समायोजनको चिठि पठाएको तर मुल्य समायोजन नभएको बताउनु भयो । चामलको भाडा नेपाल सरकारले ब्यहोरे पनि यसरी ठाउँ अनुसार किन फरक भयो भन्दै अघिल्लो वर्ष पनि खबर गरी चिठि पठाउ भने पनि आफुले चिठि पठाएको तर उहिनै मुल्यमा चामल बिक्री बितरण भएको बताउनु भयो अबको केही दिनमा चिठि लिएर आफै गएर यसको बारेमा जानकारी लिने बताए ।
ठाउँ अनुसार मुल्य फरक हुँने भए हुम्लाको सर्केगाडमा श्रीनगर भन्दा महँगो हुँने पर्नेमा मुल्य बराबर छ यता मुगु जिल्लाको सोरु गाउँपलीका र अदानचुली गाउँपालीकामा बराबर हुँनु पर्नेमा सोरु गाउँपलीकामा किन सस्तो भएको होला ? उता ताँजाकाटको छप्रेला भन्दा ३।४ रुपैया महंगो हुँनु पर्नेमा कुईन्टलमा एक हजार देखी तेह्र सय सम्म महँगो हुँनुमा हामीहरु प्नि नेपाल खाद्य संस्थान प्रति स संकित भएको स्थानीय अदानकला महताराले गुनासो गरीन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close