अनसनरत डा. केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर डडेल्धुरा पुग्यो

काठमाडौं – कात्तिक १८ गतेदेखि १७औं अनसन बसेका डाक्टर गोविन्द केसीलाई ल्याउन काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर बिहान ८ बजे डडेल्धुरा गएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

यसअघि आइतबार विज्ञप्ति निकालेर डडेल्धुरा अस्पतालले केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको जनाएको थियो । केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएकाले चिकित्सकीय हैसियतले क्षमताभन्दा बाहिर गएका बखत अस्पतालले कुनैपनि जटिलता व्यवस्थापन गर्न नसक्ने अस्पतालको भनाइ छ ।

केसीको थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण नभएको अस्पतालले जनाएको छ । पहिला निजी घरमा अनसन बसेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल ल्याइएको थियो । अस्पतालमा रहेका डा. केसीलाई लिन गएको हेलिकोप्टर डडेल्धुरास्थित सैनिक ब्यारेकमा राखिएको प्रवक्ता पाण्डेले जानकारी दिए । जिल्ला प्रशासनले डाक्टर केसीलाई काठमाडौं पठाउन पहल गरे पनि केसीले मानेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close