पञ्चपुरी अस्पतालद्धारा चार सय जनालाई निशुल्क स्वास्थ्य परिक्षण

सुर्खेत,२९ माघ । पञ्चपुरी नगरपालिका—६ स्थित पञ्चपुरी अस्पताल प्रालिको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

अछामको मंगलसेन नगरपालिका—१४ कालागाउँमा शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा चार सय भन्दा बढीको नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

शिविरमा ७० बर्ष माथिका एक सय ३८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा र फलफूल समेत वितरण गरिएको अस्पतालका अध्यक्ष कमलकृष्ण पौडेलले जानकारी दिए ।


अस्पतालले अन्नपूर्ण माध्यामिक विद्यालयका उत्कृष्ट १४ जना विद्यार्थीलाई स्टेसनरी, एक हजार थान मास्क र एक थान थर्मल गन पनि वितरण गरिएको छ ।

त्यस्तै पाँच सय थान मास्क र एक थान थर्मल गन कालागाँउ स्वास्थ्य चौकीलाई उपलब्ध गराएको पञ्चपुरी अस्पताल प्रालिका सञ्चालक शिद्धराज रेग्मीले जानकारी दिए ।

जुन भूमिमा जन्मिएर यो स्थानसम्म आएकोले आफ्नो जन्मभूमिप्रतिको दायित्व निर्वाह गरेको रेग्मीले बताए ।
अस्पतालले वडा कार्यालय, नगरपालिका, नगर स्वास्थ्य, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेवीकालाई कदर पत्र समेत प्रदान गरेको छ ।

कार्यक्रममा नगरप्रमुख पदम बोहराले सुर्खेतबाट पनि आफ्नो जन्मभुमिप्रति गरेको मायाँ र गरेको सहयोग प्रति प्रशंसा गर्दै धन्यवाद समेत दिए ।

कार्यक्रममा वडा नम्बर १४ वडा अध्यक्ष तेजबहादुर भण्डारी, स्थानीय बुद्धिजीवि, नागरिक समाज, शिक्षक, विद्यार्थी र स्वास्थ्यकर्मीको समेत सहभागिता रहेको थियो ।
को समेत सहभागीता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close