उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ । अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ५ वटा शक्तिशाली बम विस्फोट गराएको ईलाका प्रहरी कार्यलय कटारीले जानकारी दिएको छ ।

राति सवा बाह्र बजेतिर ५ जनाको समुहमा आएका नकापधारी समुहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीको बि ब्लकमा रहेको ९ जना मजदुरहरुलाई नियन्त्रणमा लिई बम बिष्फोटन गराएको घाईते मजदुर नबिन मगरले बताए । अज्ञात समुहले एक मोटरसाईकल र एक स्काईभेटरमा पेट्रोल खन्याई आगजनी समेत गरेका छन् । आगजनीबाट मोटरसाईकल र स्काईभेटरको पूर्ण रुपमा क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । बम बिष्फोटनबाट ५ वटा स्काईभेटरमा क्षति पुगेको जनाएका छन् ।

अज्ञात समुहले सौर्य सिमेन्टको चुनढुङ्गा खानीमा बम विस्फोट गराएको हो । खानी क्षेत्रको एकै ठाउँमा ५ वटा बम विस्फोट गराएको हो । मध्येराती एक्कासी ठुलो आवाजमा बम विस्फोटनको आवाज गाउलेहरुले सुनेका थिए । बम बिष्फोटनपछि आतिएर भाग दौड गर्दा खानीमा कार्यरत ५ जना मजदुर सामान्य घाईते भएका छन् ।

घाइते हुनेहरुमा कटारी नगरपालिका–७ का २३ वर्षीय नवीन मगर, कटारी नगरपालिका– ८ का २४ वर्षीय बिष्णुबहादुर मगर, उदयपुरगढी गाउँपालिका– २ का २५ वर्षीय दुर्गाबहादुर तामाङ, मकवानपुर भिमफेदी गाउँपालिका– ९ का ३० वर्षीय सागर मोत्तान र शिवशंकर मोक्तान रहेको ईलाका प्रहरी कार्यालय कटारीका (डिएसपी) हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close