युटुबमा अब नराम्रा कमेन्ट लेख्न नपाइने

युटुबले अब भिडियोमा नराम्रा कमेन्ट लेख्न नमिल्ने फिचर ल्याउने तयारी गरिरहेको छ।

टेक क्रन्चका अनुसार बिहीबार युटुबले समाजिक सञ्जालमा बढ्दै गएको घृणा र रिसको भावलाई कम गर्न नयाँ फिचर ल्याउने घोषणा गरेको हो।

सो फिचरले नराम्रा र घृणास्पद कमेन्ट लेख्ने व्यक्तिलाई त्यस्ता कमेन्ट पोष्ट गर्नु अघि एक पटक पुनर्विचार गर्न सिकाउने युटुबले बताएको छ।

युटुबका अनुसार यदि कोही व्यक्तिले भिडियोमा नराम्रो कमेन्ट लेखिरहेको छ भने त्यहाँ ‘किप कमेन्ट रेसपेक्टफुल’ भन्ने चेतावनी आउँछ।

यसैको तलपटि ‘इडिट’ बटनको विकल्प दिइएको छ, जहाँ आफ्ना नराम्रा कमेन्ट फेरि एकपटक हेरेर त्यसलाई मिलाएर सहि ढंगले लेख्न सक्छन्। सँगै आफूले लेखेको कमेन्ट राम्रो हो वा होइन भन्ने कुरा बुझ्न त्यहाँ ‘कम्यूनिटी गाइडलाइन’ नामक अर्को विकल्प पनि देखाइएको हुन्छ।

यी फिचरले कसैलाई नराम्रो कमेन्ट पोष्ट गर्नबाट रोक्दैन। यदि कमेन्ट पोष्ट गर्नु नै छ भने ‘पोष्ट एनिवय’ बटन क्लिक गर्न सक्छन्।

यो सँगै कम्पनीले चाडैँ नै एउटा नयाँ फिल्टर फिचर पनि सुरु गर्नेछ, जसमा युटुबरले उनीहरुका च्यानलमा आउने नराम्रा कमेन्ट देख्न सक्दैनन् र ती कमेन्ट सिधैँ कम्पनीले चेकजाँच गर्ने टेक क्रन्चको भनाइ छ।

लामो समयदेखि युटुबरहरुले आफ्ना च्यानलमा आउने आपत्तिजनक कमेन्टको बारे गुनासो गरिरहेका थिए। यही समस्यालाई मध्यनजर गर्दै युटुबले यी नयाँ फिचर ल्याउने तयारी गरिरहेको हो।

युटुबले टेक क्रन्चलाई बताए अनुसार यसमा रहेको प्रणालीले प्रयोगकर्ताले बारम्बार आपत्तिजनक भनिएको कुरालाई नै नराम्रो कमेन्ट हो भनेर जान्नेछ। त्यही आधारमा त्यस्ता कमेन्ट गर्नेलाई चेतावनी दिइनेछ।

नराम्रा कमेन्ट पोष्ट गर्नबाट रोक्ने यस्तो फिचर व्यक्तिलाई आफ्नो सोच र कार्य बारे पुनर्विचार गरेर सचेत बनाउने उद्देश्यले सुरु गरिएको युटुबले बताएको छ।

सन् २०१९ को सुरुदेखि युटुबले नराम्रा कमेन्टहरु हटाउने कार्य ४६ औँ गुणाले बढाएको दाबी गरेको छ।

एक मिलियन भन्दा बढी च्यानलहरु युटुबको नीति उल्लंघन गरेको कारण हटाइएको छ र ५४ हजारभन्दा बढी च्यानलले घृणास्पद कन्टेन्ट देखाएको कारण रद्द गरिएको टेक क्रन्चले बताएको छ।

कम्पनीका अनुसार यसले अनलाइनमा आउने नराम्रा कमेन्टले युटुबरहरुलाई कसरी पिडा परिरहेको छ भनी बुझ्न सबै युटुबर बिच एउटा सर्वेक्षण पनि चलाउने छ।

पछिल्लो समय यता इन्स्टाग्रामले पनि नराम्रा कमेन्ट हटाउने फिचर सुरु गरिसकेको छ।

ट्वीटरले भने प्रयोगकर्तालाई कुनै पोष्ट सेयर गर्नु अघि त्यहाँ भएका कुरा एकपटक पढेर मात्र रिट्वीट गर्न मिल्ने नयाँ फिचर ल्याएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close