
अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज काठमाडौं आउँदै हुनुहुन्छ।
परराष्ट्रका मन्त्रालयका अनुसार दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नुहुने छ ।
नयाँ गठबन्धनको सरकार बनेपछि उनको यो पहिलो काठमाडौं भ्रमण हो। केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराउनु भएको थियो ।
लामो कूटनीतिक अनुभव भएकी उहाँले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गर्नु भएको छ । नुल्याण्डले ३३ वर्ष विदेश सेवामा बिताइ सक्नु भएको छ । उहाँको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।